कृषकलाई सामग्री वितरण
चन्द्रौटा, फागुन १ : कपिलवस्तुको शिवराज नगरपालिका–३ का ९७ किसानलाई कृषि सामग्री वितरण गरिएको छ। आज एक कार्यक्रमका बीच ६१ जनालाई स्प्रे ट्याङ्की,...चन्द्रौटा, फागुन १ : कपिलवस्तुको शिवराज नगरपालिका–३ का ९७ किसानलाई कृषि सामग्री वितरण गरिएको छ। आज एक कार्यक्रमका बीच ६१ जनालाई स्प्रे ट्याङ्की, २६ लाई चरा मेशिन र १० लाई पानी तान्ने मोटर प्रदान गरिएको वडाध्यक्ष टेकलाल सा0पकोटाले बताए।
पचास प्रतिशत किसानको लगानी र ५० प्रतिशत वडाको लगानीमा सामग्री वितरण गरिएको सापकोटाको भनाइ छ। उनले तरकारी पकेट क्षेत्रका लागि मैनार–बुलाकियामा लिफ्टिङ सिँचाइ योजना सम्पन्न भएको बताए। अन्य क्षेत्रमा पम्प सेटको व्यवस्थापन गरिएको उनको भनाइ थियो। बेमौसमी बर्सातले किसानलाई पुर्याएको क्षतिको विवरण जिल्ला पठाइसकेको र किसानलाई राहत उपलब्ध गराउने पहल गरिरहेको उनले बताए।
प्रकाशित मिति: २०:१३ बजे, आइतबार, फागुन १, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा चिसोले जनजीवन प्रभावितबुधबार, माघ २, २०८१
काठमाडौंमा एक लाखभन्दा बढी किशोरीलाई क्यान्सर विरूद्धको खोप लगाइनेआइतबार, पुस २८, २०८१
झापामा सीमास्तम्भ मर्मत गरिँदैशुक्रबार, पुस २६, २०८१
वैशाखमा लगानी सम्मेलन गर्दै कोशी प्रदेशबिहीबार, पुस २५, २०८१