मंगलबार पनि कांग्रेस केन्द्रीय कार्यसम्पादन बैठक जारी रहने
काठमाडौं, फागुन १ : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार पनि बस्ने भएको छ । माघ २७ गतेदेखि जारी केन्द्रीय कार्यसम्पादन समितिको बैठक...
काठमाडौं, फागुन १ : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार पनि बस्ने भएको छ ।
माघ २७ गतेदेखि जारी केन्द्रीय कार्यसम्पादन समितिको बैठक मंगलबार दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने कांग्रेसले जनाएको छ ।
आजको बैठकमा नेता रामचन्द्र पौडेल, उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, सहमहामन्त्रीहरु— फरमूल्लाह मंसुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर, बद्री पाण्डे, जीवन परियार र सदस्यहरु— विमलेन्द्र निधि, प्रवक्ता डा। प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी र एन.पी साउदले आ–आफ्नो धारणा राखेका हुन् ।
प्रकाशित मिति: १९:३५ बजे, आइतबार, फागुन १, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











