Kathmandu Press

टेलिकमले ल्यायो ‘भ्यालेनटाइन डे’ अफर

काठमाडौं, फागुन १ : नेपाल टेलिकमले भ्यालेन्टाइन डे अफर अन्तर्गत अनलिमिटेड डेटा र अनलिमिटेड भ्वाइस अफर उपलब्ध गराएको छ । यो अफर फेब्रुअरी १३...
टेलिकमले ल्यायो ‘भ्यालेनटाइन डे’ अफर

काठमाडौं, फागुन १ : नेपाल टेलिकमले भ्यालेन्टाइन डे अफर अन्तर्गत अनलिमिटेड डेटा र अनलिमिटेड भ्वाइस अफर उपलब्ध गराएको छ । 

यो अफर फेब्रुअरी १३ र १४ तारिख का लागि उपलब्ध रहेको कम्पनीले जनाएको छ । अफर अन्तर्गत ४९ रुपैयाँमा १ एमबीपीएस अनलिमिटेड डेटा २४ घण्टा र कम्पनीको नेटवर्कभित्र अनलिमिटेड भ्वाइस सेवा ‘डे कम्बो अफर’ उपलब्ध हुनेछ । 

अफर लिनको लागि *1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ । यसैगरी नेपाल टेलिकमले हालै व्यावसायिक सञ्चालनमा ल्याएको भ्वाइस ओभर एलटीई अर्थात भिओएलटीइ सेवामा भ्यालेन्टाइन डे कै अवसरमा फागुन २ गते कम्पनीको नेटवर्कभित्र भिओएलटीइ कल निःशुल्क प्रदान गरेको छ । 

यो सेवा एक्टिभेट गर्न आफ्नो मोबाइलबाट *444# डायल गर्नुपर्ने कम्पनीले जनाएको छ । साथै, भ्यालेन्टाइन डेकै अवसरमा फागुन २ गते एमपोसबाट गरिने २ सय रुपैयाँ देखि  ४ सय ९९ रूपैयाँ सम्मको रिचार्जमा ५१२ एमबी डेटा र ५ सय रूपैयाँ वा सोभन्दा माथिको रिचार्जमा १०२४ एमबी डेटा बोनसको रुपमा निःशुल्क उपलब्ध हुने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: १८:५५ बजे, आइतबार, फागुन १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्