जबराविरुद्धको महाअभियोग प्रस्तावमा राष्ट्रिय जनमोर्चाले जनायाे समर्थन
काठमाडाैं, फागुन १ : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा दर्ता गरिएको महाअभियोग प्रस्तावमा राष्ट्रिय जनमोर्चाले पनि समर्थन जनाएको छ। सत्तारुढ प्रमुख तीन दल कांग्रेस,...
काठमाडाैं, फागुन १ : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा दर्ता गरिएको महाअभियोग प्रस्तावमा राष्ट्रिय जनमोर्चाले पनि समर्थन जनाएको छ।
सत्तारुढ प्रमुख तीन दल कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका ९८ जना सांसदको हस्ताक्षरमा आज (आइतबार) संसदमा दर्ता गरिएको प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरिएको हो।
जनमोर्चा उपाध्यक्ष एवं प्रवक्ता दुर्गा पौडेलले प्रेस विज्ञप्ति जारी गरी आजै एक विज्ञप्ति जारी गरेर महाभियोगमा आफ्नो पार्टीको समर्थन रहेको जनाएकी हुन्।
‘संसदमा दर्ता भएको महाभियोगको प्रस्तावमा हाम्रो समर्थन छ र संसदमा पनि त्यो प्रस्तावको पक्षमा नै मतदान गर्ने प्रतिबद्धता प्रकट गर्दछु,’
उनले लेखेकी छन्।
प्रतिनिधिसभामा पौडेल जनमोर्चाकी एक मात्र सांसद हुन्। महाअभियोग प्रस्ताव दर्ता गर्दा समन्वय हुन नसक्दा आफ्नो हस्ताक्षर नसमेटिएको पनि उनले बताएकी छन्।











