Kathmandu Press

इण्डोनेशियाको समुद्री किनारमा ज्वारभाटाले बगाउँदा कम्तीमा ११ जनाको निधन

जाकार्ता, फागुन १ : इन्डोनेसियाको पूर्वी जाभा प्रान्तको दक्षिणी तटबाट आइतबार निस्केको ज्वारभाटाले बगाएर एघार जनाको मृत्यु भएको स्थानीय प्रकोप व्यवस्थापन अधिकारीले बताएका...
इण्डोनेशियाको समुद्री किनारमा ज्वारभाटाले बगाउँदा कम्तीमा ११ जनाको निधन

जाकार्ता, फागुन १ : इन्डोनेसियाको पूर्वी जाभा प्रान्तको दक्षिणी तटबाट आइतबार निस्केको ज्वारभाटाले बगाएर एघार जनाको मृत्यु भएको स्थानीय प्रकोप व्यवस्थापन अधिकारीले बताएका छन्।

दुर्घटना स्थानीय समय अनुसार आइतबार राति करिब १२ः२५ बजे भएको बताइएको छ।

प्राप्त जानकारी अनुसार जेम्बर जिल्लाको पयाङ्गन समुद्री किनारमा परम्परागत अनुष्ठान सञ्चालन गरिरहेका २३ जनालाई सामुद्रिक ज्वारभाटाले बगाएको र उनीहरूमध्ये ११ जनाको मृत्यु भएको पूर्वी जाभास्थित प्रकोप व्यवस्थापन निकायका परिचालन एकाइ प्रमुख बुदी सान्तोसाले बताए।

उनले भने, 'अचानक ज्वारभाटा आएर तिनीहरूलाई समुद्रमा बगाएर लग्यो। यो जाभा टापुको दक्षिणी तटमा थियो र छालहरू निकै ठूला थिए।'

प्रशासनले सामुद्रिक इलाकामा कुनै पनि क्रियाकलाप गर्न निषेध गरिएको भए पनि उनीहरू रातिको समय समुद्र किनारमा भेला भएर प्रार्थना गरिरहेका अधिकारीहरूले फोनमार्फत् सिन्ह्वालाई जानकारी गराए।

दुर्घटनामा १२ जनालाई भने जीवितै उद्धार गरिएको बताइएको छ।

प्रकाशित मिति: १८:२० बजे, आइतबार, फागुन १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्