Kathmandu Press

सर्वोच्च अदालतको गतिरोध हटाउन जबराविरुद्ध महाअभियोग : प्रचण्ड

काठमाडौं, फागुन १ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ गठबन्धन भत्काउने र निर्वाचन रोक्ने प्रयास भइरहेको बताएका छन्।आज (आइतबार) जनकपुरमा आयोजित जनयुद्ध...
सर्वोच्च अदालतको गतिरोध हटाउन जबराविरुद्ध महाअभियोग : प्रचण्ड

काठमाडौं, फागुन १ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ गठबन्धन भत्काउने र निर्वाचन रोक्ने प्रयास भइरहेको बताएका छन्।

आज (आइतबार) जनकपुरमा आयोजित जनयुद्ध दिवस कार्यक्रमपछि सञ्चारकर्मीसित कुराकानी गर्दै उनले भने, ‘डे वनदेखि नै गठबन्धन तोड्ने षड्यन्त्र भइरहेको थियो। अहिले पनि त्यस्ता प्रयास भइरहेका छन्।’

त्यस्ता प्रयासविरुद्ध गठबन्धनलाई अझ बलियो बनाएर लानेमा सबै दृढ रहेको धराणा उनले व्यक्त गरे। ‘केही तत्व गठबन्धन उल्टाउने, चुनावलाई डिरेल पार्ने र दूषित वातावरण बनाउने प्रयासमा छन्,’ उनले भने, ‘बलियो बनाउन लगातार प्रयत्नशील पनि छौं।’ 

उनले सर्वोच्च अदालतको गतिरोध हटाउन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव संसद्‌मा दर्ता गर्नुपरेको पनि उनले स्पष्ट पारे। 

‘‘न्यायालयमा केही समयदेखि अन्योल, अराजकता र बेथिति बढेको थियो,’ उनले भने, ‘सहज निकास होस भन्ने गठबन्धनको चाहना थियो। हामीले पहल पनि गर्‍यौं।’

न्यायालयको बेथितिको प्रमुख जिम्मेवार प्रधानन्यायाधीश नै भएको र उपाय ननिस्केपछि गठबन्धनमा सहमति गरेर महाअभियोग लगाइएको उनको भनाइ थियो। प्रधानन्यायाधीशविरुद्धको महाअभियोगले गठबन्धन झन् बलियो हुने दाबी उनले गरे।

प्रकाशित मिति: १८:०६ बजे, आइतबार, फागुन १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्