कोरोनाबाट १० जनाको मृत्यु, थप ५२१ जनामा संक्रमण पुष्टि
काठमाडौं, फागुन १ : मुलुकभर पछिल्लो चौबिस घण्टाको अवधिमा ५२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ३७ नमूनाको...
काठमाडौं, फागुन १ : मुलुकभर पछिल्लो चौबिस घण्टाको अवधिमा ५२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ३७ नमूनाको पीसीआर परीक्षण गर्दा ४२७ र ४ हजार ७८ नमूनाको एन्टीजेन परीक्षण गर्दा ९४ जनामा संक्रमण पुष्टि भएको हो।
सोही अवधिमा ३ हजार ९३५ जना संक्रमणमुक्त हुँदा १० जनाको मृत्यु भएको छ।
योसंगै मुलुकभर कोरोना संक्रमितको कुल संख्या पीसीआरतर्फ ९ लाख ७३ हजार ५९ पुगेको छ भने एन्टीजेनतर्फ १ लाख ३७ हजार ४१२ पुगेको छ। त्यस्तै निको हुनेको कुल संख्या ९ लाख ३८ हजार ५८३ पुगेको छ। कोरोनाबाट हालसम्म ११ हजार ८९२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
आइतबार देशभर २२ हजार ५८४ सक्रिय संक्रमित रहेका छन्। तीमध्य २१ हजार ६९२ जना होम आइसोलेसनमा रहेका छन् भने ८९२ जना संस्थागत आइसोलेसनमा रहेका छन्।
संस्थागत आइसोलेसनमा रहेका मध्य १८१ जना आइसीयू र ३१ जना भेन्टिलेटरमा रहेका छन्। त्यस्तै ११८ जना क्वारेन्टिनमा रहेका मन्त्रालयले जनाएको छ।











