काठमाडौं उपत्यकामा थप १५० जनामा कोरोना संक्रमण
काठमाडौं, फागुन १ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप २०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।तीमध्ये काठमाडौंमा १ सय ६६, ललतिपुरमा ३१ र...
काठमाडौं, फागुन १ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप १५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
तीमध्ये काठमाडौंमा ९७, ललतिपुरमा ४४ र भक्तपुरमा ९ जनामा संक्रमण पुष्ट भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
देशभर भने कुल ५२१ जनामा संक्रमण पुष्टि भएको छ।
यस्तै उपत्यकामा कुल ९ हजार ६६७ जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये काठमाडौंमा ५ हजार ६११, ललितपुरमा २ हजार ८०३ र भक्तपुरमा १ हजार २५३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
आइतबार देशभर २२ हजार ५८४ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १६:४९ बजे, आइतबार, फागुन १, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











