Kathmandu Press

मन्त्री बडूद्वारा न्याय प्रशासनलाई सर्वसुलभ र प्रभावकारी बनाउन निर्देशन

काठमाडौं, फागुन १ : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले न्याय प्रशासनलाई छिटोछरितो, प्रभावकारी र जनउत्तरदायी बनाउन निर्देशन दिएका छन्। न्याय सेवाअन्तर्गत नवप्रवेशी शाखा...
मन्त्री बडूद्वारा न्याय प्रशासनलाई सर्वसुलभ र प्रभावकारी बनाउन निर्देशन

काठमाडौं, फागुन १ : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले न्याय प्रशासनलाई छिटोछरितो, प्रभावकारी र जनउत्तरदायी बनाउन निर्देशन दिएका छन्। 

न्याय सेवाअन्तर्गत नवप्रवेशी शाखा अधिकृतका लागि आइतबारदेखि सुरु भएको सेवा प्रवेश तालिमको उद्घाटन गर्दै उहाँले सार्वजनिक सेवामा संलग्न कर्मचारीहरूले सधैँ उत्कृष्ट कार्य गरी सेवाग्राही र सरोकारवालालाई सन्तुष्टि प्रदान गर्नुपर्ने बताए। मन्त्री बडूले लोकतन्त्रमा सेवाग्राही जनता सबैभन्दा ठूला हुन् भन्ने मनन गरेर छिटो र गुणस्तरीय सेवा सम्पादन गर्न निर्देशन दिए।

‘सेवाग्राहीले तपाईंहरूको अनुहारमा सरकार देख्छन् र त्यहीअनुसार सरकारप्रति धारणा बनाउँछ,’ उनले भने, ‘न्याय सम्पादन प्रक्रियालाई छिटोछरितो, न्यायमा सहज पहुँच, अनुसन्धान पद्धतिलाई वस्तुनिष्ठ एवं पूर्ण गराउन र न्यायका लागि आएका सेवाग्राहीलाई सन्तुष्ट गराउन लाग्नुहोस् ।’ मन्त्री बडूले न्याय सेवाअन्तर्गत न्याय, कानुन र सरकारी वकिल समूहमा प्रवेश गरेका शाखा अधिकृतहरूलाई बधाई तथा शुभकामना दिनुहुँदै उच्च मनोबलका साथ सेवा प्रवेश गर्न आग्रह गरे।

सो अवसरमा सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक डा राजन खनाल, मन्त्रालयका सचिव उदयराज सापकोटा, न्यायसेवा तालिम केन्द्रका तालिम प्रमुख बलसागर गिरी लगायतले शुभकामना मन्तव्य राखेका थिए । एक महिनासम्म सञ्चालन हुने तालिममा न्याय सेवाअन्तर्गत नियुक्त भएका ११४ जनामध्ये ११३ जना अधिकृत सहभागी छन्। 

प्रकाशित मिति: १६:३३ बजे, आइतबार, फागुन १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्