एनसेलले घटायो सबै लोकल कलको महशुल दर
काठमाडौं, फागुन १ : एनसेलका ग्राहकहरुले अब अझै सस्तोमा नेपाल भर एउटै कल दरमा भ्वाइस सेवाको लाभ लिन सक्ने भएका छन्। एनसेल आजियाटा लिमिटेडले आफ्नो...
काठमाडौं, फागुन १ : एनसेलका ग्राहकहरुले अब अझै सस्तोमा नेपाल भर एउटै कल दरमा भ्वाइस सेवाको लाभ लिन सक्ने भएका छन्।
एनसेल आजियाटा लिमिटेडले आफ्नो नेटवर्कभित्र तथा नेपालका अन्य कुनैपनि दूरसञ्चार सेवाप्रदायकको नेटवर्कमा कल गर्दा लाग्ने भ्वाइस कलको महशुल दर कर बाहेक १.९९ प्रति मिनेटबाट घटाइ कर बाहेक प्रति मिनेट १.६२ कायम गरेको हो।
प्रिपेड ग्राहकहरुका लागि लागू भएको यो नयाँ महशुल दरले देशभर समान रुपमा अन्य नेटवर्कमा मेन ब्यालेन्सबाटै पे एज यू गो दर अन्तर्गत कल गर्न अझै सुलभ बनाइएको कम्पनीले जनाएको छ।
यो परिमार्जित नयाँ महशुल दर शुक्रबार (माघ २८) बाट लागू भएको जानकारी दिइएको छ । नयाँ महशुल दरको लाभ लिनका लागि ग्राहकहरुले ८ज्ञठज्ञण्ठ३ डायल गरि सेवा निःशुल्क सुचारु गर्न सक्नेछन्।
नयाँ महशुल दरले ग्राहकहरूलाई मेन ब्यालेन्सबाट ढुक्कसँग अन–नेट र अफ–नेट भ्वाइस कल गर्न सजिलो र सहज बनाउने कम्पनीको विश्वास छ। हामी आफ्ना ग्राहकहरुलाई विश्वस्तरीय सेवा अनुभवका साथ उत्कृष्ट मुल्य प्रदान गर्न सदा प्रयासरत रहेको कम्पनीले जनाएको छ।
यो नयाँ महशुल दर २०७९ साउन २४ गते सम्म लागु रहनेछ।











