Kathmandu Press

एमाले सत्ता गठबन्धन भत्काउन लागिपरेको छ : खनाल

काठमाडौं, फागुन १ : नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले सत्ता गठबन्धन भत्काउन भनेर एमाले लागिपरेको आरोप लगाएका छन्।एकीकृत समाजवादी इलाम...
एमाले सत्ता गठबन्धन भत्काउन लागिपरेको छ : खनाल

काठमाडौं, फागुन १ : नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले सत्ता गठबन्धन भत्काउन भनेर एमाले लागिपरेको आरोप लगाएका छन्।

एकीकृत समाजवादी इलाम जिल्ला कमिटीको भेलालाई सम्बोधन गर्दै उनले एमाले देशमा अराजकता निम्त्याउने पक्षमा रहेकाे जिकिर गरे।

‘कुनै पनि बेलामा गठबन्धन भत्कियोस्, त्यसलाई ध्वस्त गर्न सकियोस् भनेर अपोजिसन पार्टी लागेको छ,' उनले भने, 'आफ्नो वर्चस्व अलिकति बनाउन सकियो भने अराजकता र संवैधानिक रिक्तता सिर्जना गर्न सकिन्छ सकिन्छ भन्ने छ। जसरी पनि गठबन्धन भत्काउनुपर्छ भनेर रोल खेलिरहेको छ।’

तीनै तहका निर्वाचनसम्म गठबन्धनलाई निरन्तरता दिनुपर्छ भनेर आफूहरू लागिरहेको उनले जानकारी दिए।

प्रकाशित मिति: १५:४२ बजे, आइतबार, फागुन १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्