भरुवा बन्दुकसहित दुईजना पक्राउ
कपिलवस्तु, फागुन १ : वाणगंगा नगरपालिका–२ स्थित मनकामना सामुदायिक वनबाट २ थान भरुवा बन्दुकसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा अर्घाखाँची...
कपिलवस्तु, फागुन १ : वाणगंगा नगरपालिका–२ स्थित मनकामना सामुदायिक वनबाट २ थान भरुवा बन्दुकसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा अर्घाखाँची सितगंगा नगरपालिका–१४ बस्ने ५० वर्षीय वीर बहादुर सोमै र २८ वर्षीय खेमु मगर रहेका छन्। उक्त जंगलमा केही व्यक्तिहरू बन्दुकसहित हिँडिरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले वीर बहादुरलाई खालि अवस्थामा रहेको १ थान र खेमुलाई लोडेड अवस्थामा रहेको १ थान भरुवा बन्दुक सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १५:३३ बजे, आइतबार, फागुन १, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)