Kathmandu Press

अमेरिका, दक्षिण कोरिया, जापानद्वारा ताइवान स्ट्रेट शान्तिको महत्त्वमा जोड

वाशिंगटन, फागुन १ : अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिन्केनले जापानी विदेशमन्त्री हायासी योशिमासा र दक्षिण कोरियाली विदेश मामिला मन्त्री चुङ इउई(योङसँग भेट गरी ताइवान...
अमेरिका, दक्षिण कोरिया, जापानद्वारा ताइवान स्ट्रेट शान्तिको महत्त्वमा जोड

वाशिंगटन, फागुन १ : अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिन्केनले जापानी विदेशमन्त्री हायासी योशिमासा र दक्षिण कोरियाली विदेश मामिला मन्त्री चुङ इउई-योङसँग भेट गरी ताइवान स्ट्रेटमा शान्ति र स्थिरताको महत्त्वमा जोड दिएका छन्। 

शनिबार (स्थानीय समय) अनुसार हुनुलुलु हवाइमा भएको उक्त भेटमा बलियो अमेरिका-जापान- कोरिया त्रिपक्षीय सहयोगको महत्वपूर्ण सहकार्यलाई पुन: पुष्टि गर्न र २१ औं शताब्दीको सबैभन्दा महत्त्वपूर्ण चुनौतीहरूलाई सम्बोधन गर्न खोजिएको तीन विदेश मन्त्रीहरूद्वारा जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ।

Hardik ivf

विज्ञप्तिमा भनिएको छ, ‘ब्लिन्केन र विदेश मन्त्रीहरूले आफ्ना तीन देशहरू स्वतन्त्र र खुला इन्डो(प्यासिफिकको साझा दृष्टिकोणमा जोड दिएका छन्  जुन समावेशी छ र नियमहरूमा आधारित अन्तर्राष्ट्रिय व्यवस्थाको साझा सम्मान छ र उनीहरूको सहयोगी सम्बन्धलाई थप विस्तार गर्ने वाचा गरेको छ।’ 

यसैबीच, परराष्ट्र मन्त्रीहरूले संयुक्त राज्य अमेरिकाले भर्खरै जारी गरेको इन्डो–प्यासिफिक रणनीतिको स्वागत समेत गरेका छन्।

रूस र युक्रेन बीचको तनाव बढ्दै जाँदा अमेरिकी विदेशमन्त्री ब्लिन्केन र जापानी तथा कोरियाली विदेश मन्त्रीहरूले युक्रेनको सिमानामा रूसी सैन्य निर्माणको बारेमा छलफल गरेको र युक्रेनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको लागि अटल समर्थन साझा गरेको पनि जनाइएको छ।

‘अमेरिकी विदेश मन्त्री र  कोरिया र जापानका विदेश मन्त्रीहरूले अन्तर्राष्ट्रिय कानूनको पालना र सम्मानका लागि आफ्नो सरकारको लामो समयदेखि समर्थन दोहोर्याएका छन्। 

ब्लिन्केन र विदेश मन्त्रीहरूले हाल कम्बोडियाको अध्यक्षतामा रहेको आसियानको एकता र केन्द्रीयताका साथै म्यानमारको संकट समाधानका लागि आसियानको प्रयासलाई समर्थन गरेको पनि विज्ञप्तिमा उल्लेख छ।

उनीरुले म्यानमारका जनता विरुद्ध म्यानमार शासकको हिंसाको निन्दा गर्दै सबै हिंसाको तत्काल अन्त्य, मनमानी ढंगले थुनामा रहेकाहरुको रिहाई र समावेशी लोकतन्त्रको पुनर्बहालीको प्रयासलाई तिव्रता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। 

प्रकाशित मिति: १५:१५ बजे, आइतबार, फागुन १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्