Kathmandu Press

जापानी लडाकु विमान बेपत्ता भएको दुई सातापछि पाइलटको शव फेला

टोकियो, फागुन १ : जनवरीमा बेपत्ता भएको जापानी एफ(१५ लडाकु विमानका पाइलटको शव जापानको सागरमा फेला परेको जापानी सञ्चारमाध्यमले जनाएका छन्।पाइलटको शव इशिकावा दुर्घटनास्थल...
जापानी लडाकु विमान बेपत्ता भएको दुई सातापछि पाइलटको शव फेला

टोकियो, फागुन १ : जनवरीमा बेपत्ता भएको जापानी एफ(१५ लडाकु विमानका पाइलटको शव जापानको सागरमा फेला परेको जापानी सञ्चारमाध्यमले जनाएका छन्।

पाइलटको शव इशिकावा दुर्घटनास्थल नजिकै फेला परेको एनएचके प्रसारकले आइतबार जनाएको छ। जापानको सागरमा सोही क्षेत्रमा लडाकु जेटको किलको टुक्रा भेटिएको थियो।  

अर्का पाइलटको भने खोजी भइरहेको जनाइएको छ । उक्त लडाकु विमान जनवरी ३१ मा इशिकावाको केन्द्रीय प्रिफेक्चरको एयरबेसबाट उडेको केही समयपछि जापानको सागरमा हराएको थियो।  

प्रकाशित मिति: १५:०८ बजे, आइतबार, फागुन १, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्