Kathmandu Press

महाअभियोग प्रस्ताव दर्ता स्वागतयाेग्य कदम : नेपाल बार

काठमाडाैं, फागुन १ : नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ताको कदमलाई स्वागत गरेको छ।प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आज (आइतबार) गरिएको...
महाअभियोग प्रस्ताव दर्ता स्वागतयाेग्य कदम : नेपाल बार

काठमाडाैं, फागुन १ : नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ताको कदमलाई स्वागत गरेको छ।

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आज (आइतबार) गरिएको आन्दोलनका क्रममा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशको बहिर्गमनका लागि दर्ता भएको महाभियोग प्रस्तावको स्वागत गर्दै सफल हुने दाबी गरे।

उहाले प्रधानन्यायधिश मात्रै नभई अन्य न्यायधिशलाई पनि बिचौलियाको काम रोक्दै आफूमा सुधार गर्न सुझाव दिए। न्यायपालिका सुधार भए अन्य विषयलाई सुधार गर्न सकिने उहाँको भनाइ छ।

श्रेष्ठले बारको आन्दोलन व्यक्तिको फाइदाका लागि नभएर समग्र न्यायपालिकाको सुधारका लागि भएको भन्दै प्रधानन्यायधिशको बहिर्गमन नभएसम्म आन्दोलन जारी रहने बताए।

त्यस्तै सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले महाभियोग प्रस्ताव दर्ता भएसंगै प्रधानन्यायधिशलाई सर्वोच्चमा बस्ने अनुमति नभएको र निलम्बित प्रधानन्यायीिश भएको बताए। उहाँले अर्को प्रधानन्यायधिशको शपथ नभएसम्म आन्दोलन जारी रहने स्पष्ट पारे।

त्यसअघि आइतबार सर्वोच्च अदालत परिसरमा प्रदर्शन गर्न खोज्ने कानुन व्यवसायी र प्रहरीबीच झडप भएको थियो। बारले आइतबारदेखि पुन भौतिक उपस्थितिमा आन्दोलनका कार्यक्रमलाई अघि बढाएको हो।   

प्रकाशित मिति: १४:४१ बजे, आइतबार, फागुन १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्