Kathmandu Press

कमल थापा फेरि बने राप्रपा नेपालको अध्यक्ष 

काठमाडौं, फागुन १ : महाधिवेशनमा पराजित भएपछि राप्रपा छाडेका कमल थापा राप्रपा नेपालको अध्यक्ष भएका छन्। तीनवटा राप्रपाको एकता भएपछि  लाक्पा तामाङको अध्यक्षमा गठन...
कमल थापा फेरि बने राप्रपा नेपालको अध्यक्ष 

काठमाडौं, फागुन १ : महाधिवेशनमा पराजित भएपछि राप्रपा छाडेका कमल थापा राप्रपा नेपालको अध्यक्ष भएका छन्। तीनवटा राप्रपाको एकता भएपछि लाक्पा तामाङको अध्यक्षमा गठन भएको राप्रपा नेपालमा कमल थापा अध्यक्ष बनेका हुन्। 

कमल थापालाई अध्यक्ष बनाउन तामाङले अध्यक्षबाट राजीनामा दिएका हुन्। थापाको नेतृत्वमा गठन भएको राप्रपा नेपालमा तत्कालका लागि ६१ सदस्यीय केन्द्रीय कार्यसमिति गठन गरिएको छ। 

यो पार्टीको विधान अनुसार १५१ जनाको केन्द्रीय समिति बन्नुपर्ने प्रावधान छ। तत्कालका लागि ६१ सदस्यीय केन्द्रीय कार्यसमिति गठन गरिएको र छिट्टै पूर्णता दिने बताइएको छ। 

महाधिवेशनमा हार व्यहोरेपछि कमल थापाले पूर्वराजा ज्ञानेन्द्र र निर्मलनिवासबाट आफूलाई हराउने खेल भएको टिप्पणी गरेका थिए। त्यसलगत्तै केहीदिन अघि हेटौडा पुगेर थापाले पार्टी परित्यागको घोषणा गरेका थिए। 

प्रकाशित मिति: १४:२२ बजे, आइतबार, फागुन १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्