Kathmandu Press

नेपाल बारले आन्दोलन नराेक्ने

काठमाडाैं, फागुन १ : नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बहिर्गमन हुनुपर्ने भनी गर्दै आएको आन्दोलन नराेक्ने बताएको छ।आफूहरूको आन्दोलन प्रधानन्यायाधीशविरुद्ध नभएर...
नेपाल बारले आन्दोलन नराेक्ने

काठमाडाैं, फागुन १ : नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बहिर्गमन हुनुपर्ने भनी गर्दै आएको आन्दोलन नराेक्ने बताएको छ।

आफूहरूको आन्दोलन प्रधानन्यायाधीशविरुद्ध नभएर चोलेन्द्र शमशेर जबराविरुद्ध भएको स्पष्ट पार्दै बारले उनी पूर्ण रूपमा नहटेसम्म आन्दोलन जारी राख्ने बताएको हो।

महाअभियोग दतार्प्र धानन्यायाधीश बहिर्गमनको सुरुवात मात्रै भएको बारको भनाइ छ। प्रधानन्यायाधीश जबराविरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता हुँदैमा उनी हट्ने निश्चित नभएकाले बार आफ्नो आन्दोलन नरोक्ने पक्षमा उभिएको हो।

न्यायपालिका शुद्धीकरणका लागि थालिएको आन्दोलन भएकाले आन्दोलन जारी नै रहने बारले बताएको हो। अब आन्दोलनको स्वरूप भने परिवर्तन गर्ने बारको भनाइ छ। 

आन्दोलनको स्वरुप कस्तो हुने भन्नेबारे बारले बैठक बसेर निर्णय लिने बताइएको छ। 

प्रकाशित मिति: १४:१५ बजे, आइतबार, फागुन १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्