Kathmandu Press

महाअभियोग पत्र बुझेर सर्वोच्चबाट बाहिरिए जबरा

काठमाडौं, फागुन १ : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूविरुद्धको महाअभियोग पत्र बुझेका छन्।सत्ता गठबन्धनका ९८ सांसदको हस्ताक्षरसहित आज (आइतबार) बिहान संसद् सचिवालयमा प्रधानन्यायाधीश जबरामाथि महाअभियोग...
महाअभियोग पत्र बुझेर सर्वोच्चबाट बाहिरिए जबरा

काठमाडौं, फागुन १ : चोलेन्द्रशमशेर जबराले आफूविरुद्धको महाअभियोग पत्र बुझेका छन्।

सत्ता गठबन्धनका ९८ सांसदको हस्ताक्षरसहित आज (आइतबार) बिहान संसद् सचिवालयमा जबरामाथि महाअभियोग प्रस्ताव दर्ता भएको थियो।

महाअभियोग दर्ता भएलगत्तै संसद् सचिवालयले त्यसबारे पत्रमार्फत प्रधानन्याधीशलाई जानकारी दिएको थियो। पत्र बुझेलगत्तै उनी सर्वोच्च अदालतबाट बाहिरिएका छन्।

२०७५ पुस १८ मा प्रधानन्यायाधीश पद सम्हालेका उनी महाअभियोग प्रस्ताव दर्ता भएसँगै स्वतः निलम्बनमा परेका छन्। उमेर हदका कारण उनले अवकाश पाउने बेला भनेको आगामी मंसिर हो। 

जबरा निलम्बनमा परेपछि वरिष्ठ न्यायाधीश दीपककुमार कार्कीले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी पाउँदैछन्।

प्रकाशित मिति: १४:०१ बजे, आइतबार, फागुन १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्