Kathmandu Press

निर्वाचन भाँड्न र नयाँ विवाद सिर्जना गर्न प्रधानन्यायाधीशविरुद्ध महाअभियोग : ओली

काठमाडौं, फागुन १ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव अनुचित रहेको बताएका छन्। सरकारले नयाँ विवाद सिर्जना गर्नका लागि...
निर्वाचन भाँड्न र नयाँ विवाद सिर्जना गर्न प्रधानन्यायाधीशविरुद्ध महाअभियोग : ओली

काठमाडौं, फागुन १ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव अनुचित रहेको बताएका छन्। 

सरकारले नयाँ विवाद सिर्जना गर्नका लागि षड्यन्त्रपूर्ण ढंगले प्रधानन्यायाधीशविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गरेको ओलीको आरोप छ। उनले गठबन्धन दलहरुले प्रधानन्यायाधीशविरुद्ध महाअभियोग दर्ता गरेर राज्यका अंगहरुलाई विभाजनतिर लगेका टिप्पणी गरेका छन्। 

घोषणा भइसकेको स्थानीय तहको निर्वाचन भाँड्न पनि सत्तारुढ गठबन्धन दलले नयाँ वखेडा झिकेको ओलीले बताएका छन्। उनले महाअभियोगको सिलसिलाको बीजारोपण गरेर सत्तापक्षले राज्यका अंगहरूलाई नियन्त्रण गर्ने र प्रतिपक्षसँगको सम्बन्ध तनावग्रस्त बनाउन खोजेको बताएका छन् ।

एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले प्रधान्यायाधीशमाथिको महाअभियोग प्रस्तावले मुलुकलाई थप द्वन्द्वतर्फ धकेल्ने टिप्पणी गरेका छन्। 

प्रधानन्यायाधीशमाथिको महाभियोग प्रस्तावले मुलुकलाई थप द्वन्द्वतिर धकेलेको छ । यसबाट न्यायालय कब्जा गरी आफू अनुकूलका फैसला गराउने प्रपञ्च प्रकट भएको छ। स्थानीय चुनाव नगराउने षड्यन्त्र सुरु भएको छ । प्रतिपक्षसँग बन्न लागेको सम्बन्धलाई बिगारेको छ। सत्तापक्षले महाभियोगको सिलसिला आरम्भ गरेको छ, जसको असर तुरुन्तै देखा पर्नेछ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्। 

प्रकाशित मिति: १३:५३ बजे, आइतबार, फागुन १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्