सभामुख सापकोटाले डाके सर्वदलीय बैठक
काठमाडाैं, फागुन १ : सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन्।प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग दर्ता भएपछि विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न उनले सर्वदलीय...
काठमाडाैं, फागुन १ : सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन्।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग दर्ता भएपछि विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न उनले सर्वदलीय बैठक बोलाएका हुन्। एमालेले संसद्मा निरन्तर रूपमा गर्दै आएको अवरोधबारे पनि बैठकमा छलफल हुने जनाइएको छ।
उनले भोलि (सोमबार) २ बजेका लागि सर्वदलीय बैठक बोलाएका हुन्। उबैठक सिंहदरबारस्थित संसद सचिवालयमा बस्ने जनाइएको छ।
प्रकाशित मिति: १३:५१ बजे, आइतबार, फागुन १, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











