Kathmandu Press

सर्वोच्च अदालतमा देखिएको गतिरोध अन्त्य गर्न महाअभियोग : कानुनमन्त्री बडु

काठमाडौं, फागुन १ : कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले सर्वोच्च अदालतमा देखिएको गतिरोध अन्त्य गर्न र न्यायालयको गरिमा जोगाउन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग दर्ता भएको...
सर्वोच्च अदालतमा देखिएको गतिरोध अन्त्य गर्न महाअभियोग : कानुनमन्त्री बडु

काठमाडौं, फागुन १ : कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले सर्वोच्च अदालतमा देखिएको गतिरोध अन्त्य गर्न र न्यायालयको गरिमा जोगाउन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग दर्ता भएको स्पष्ट पारेका छन्।

प्रधानन्यायाधीश जबरा रहिरहे न्यायालयमा देखिएको गतिरोध हल गर्न  र न्यायालयको गरिमा जोगाउन नसकिने अवस्था देखिएकाले महाअभियोग दर्ता गर्नुपरेको उन बताए।

न्यायापालिकाको गरिमामाथि नै प्रश्न उठ्न थालेपछि प्रतिनिधिसभाका सांसदहरुले संवैधानिक प्रक्रियाबाट प्रधानन्यायाधीश हटाउने बाटो अपनाएको उनले जानकारी दिए।

संसदमा दर्ता भइसकेकाले अब प्रक्रियाअनुसार महाअभियोगलाई अगाडि बढाइने उनको भनाइ थियो।महाअभियोग संसदबाट पारित हुने विश्वास उनले व्यक्त गरे।

महाअभियोग पारितका लागि साथ दिन उनले प्रमुख प्रतिपक्षी दल एमालेलाई आग्रह पनि गरेका छन्। 

प्रकाशित मिति: १३:४० बजे, आइतबार, फागुन १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्