वरिष्ठ न्यायाधीश कार्की कायममुकायम प्रधानन्यायाधीश बन्ने
काठमाडौं, फागुन १ : महाभियोग दर्ता भएसँगै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा स्वतः निलम्बनमा परेसँगै अब सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपककुमार कार्की कायममुकायम प्रधानन्यायाधीश बन्ने भएका...
काठमाडौं, फागुन १ : महाभियोग दर्ता भएसँगै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा स्वतः निलम्बनमा परेसँगै अब सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपककुमार कार्की कायममुकायम प्रधानन्यायाधीश बन्ने भएका छन्।
संवैधानिक निकायका प्रमुखमाथि संसदमा महाअभियोगलगायत मुद्दा दर्ता हुनेबित्तिकै स्वतः निलम्बन हुने र निलम्बन परेका भन्दा पछाडिका वरिष्ठतमले कायममुकायम हुने संवैधानिक व्यवस्था छ।
आगामी असोजमा ६५ वर्ष पुग्ने उनले लब संवैधानिक परिषद, न्याय सेवा आयोग, न्यायपरिषदको पनि कामु अध्यक्ष भएर काम गर्नेछन्। उमेर हदका कारण ६५ वर्ष स्वतः अवकाश हुने व्यवस्था छ।
उमेर हदअनुसार जबरा आगामी मंसिरमा स्वतः अवकाशमा पर्थे। यस्तो अवस्थामा कार्कीले न्यायाधीशबाटै बिदा हुनुपर्ने अवस्था बन्थ्यो। तर जबरा निलम्बनमा परेसँगै उनले मौका पाएका छन्।
धारा १०१ को उपधारा ६ मा छ, ‘उपधारा २ बमोजिम महाभियोगको कारबाही प्रारम्भ भएपछि प्रधानन्यायाधीश सर्वोच्च अदालतका न्यायाधीश, न्यायपरिषदका सदस्य, निकायका प्रमुख वा पदाधिकारीले त्यस्तो कारबाहीको नलागेसम्म आफ्नो कार्य सम्पादन गर्न पाउनेछैन।’











