Kathmandu Press

भोलि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक फागुन ४ गते

भोलि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक फागुन ४ गते

काठमाडाैं, फागुन १ : प्रतिनिधिसभाको बैठक फेरि पनि सरेको छ। भोलि (फागुन २) का लागि बोलाइएको बैठक दुई दिन पर सारिएको हो।

संसद् सचिवालयले आज (आइतबार) सूचना जारी गर्दै फागुन २ गतेका लागि बोलाएको बैठक फागुन ४ गतेलाई तय भएको जनाएको छ।

संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले सूचना जारी गरेको सूचनामा विशेष कारणले संसद् बैठक दुई दिन पछाडि सारिएको उल्लेख छ। 

यसअघि पनि पटकपटक बैठक स्थगित हुँदे आएको छ। माघ १६ गते बोलाइएको बैठक पनि अन्तिम समयमा १० दिनका लागि स्थगित गरेर माघ २६ का लागि बोलाइएको थियो।

उक्त बैठक पनि स्थगित भएपछि फागुन २ गतेलाई बोलाइएको थियो।

प्रकाशित मिति: १२:४१ बजे, आइतबार, फागुन १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्