महाभियोग दर्ता भएसँगै प्रधानन्यायाधीश जबरा निलम्बनमा
काठमाडौं, फागुन १ : महाभियोग दर्ता भएसँगै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा निलम्बनमा परेका छन्। उनी संविधानको धारा १०१ अनुसार राणा निलम्बनमा परेका हुन्‘यो संविधान र...
काठमाडौं, फागुन १ : महाभियोग दर्ता भएसँगै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा निलम्बनमा परेका छन्। उनी संविधानको धारा १०१ अनुसार राणा निलम्बनमा परेका हुन्। संवैधानिक निकायका प्रमुखमाथि संसदमा महाअभियोगलगायत मुद्दा दर्ता हुनेबित्तिकै स्वतः निलम्बन हुने संवैधानिक व्यवस्था रहेको छ।
‘यो संविधान र कानुनको गंभीर उल्लंघन गरेको कार्यक्षमताको अभाव वा खराब आचरण भएको वा इमानदारीपूर्वक आफ्नो पदीय कर्तव्यको पालन नगरेको वा आचार संहिताको गम्भीर उल्लंघन गरेको कारणले आफ्नो पदीय जिम्मेवारी पूरा गर्न नसकेको आधारमा प्रतिनिधिसभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको एक चौथाइ सदस्यले नेपालको प्रधानन्यायाधीश वा सर्वोच्च अदालतका न्यायाधीश, न्यायपरिषदका सदस्य, संवैधानिक निकायका प्रमुख वा पदाधिकारीका विरुद्ध महाभियोगको प्रस्ताव पेस गर्न सक्नेछन्,’ धरा १०१ को उपधारा (२) लेखिएको छ, ‘त्यस्तो प्रस्ताव प्रतिनिधि सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको कम्तीमा दुई तिहाइ बहुमतबाट पारित भएमा सम्बन्धित व्यक्ति पदबाट मुक्त हुनेछ।’
सोही धाराको उपधारा ६ मा यो पनि भनिएको छ, ‘उपधारा २ बमोजिम महाभियोगको कारबाही प्रारम्भ भएपछि प्रधानन्यायाधीश सर्वोच्च अदालतका न्यायाधीश, न्यायपरिषदका सदस्य, निकायका प्रमुख वा पदाधिकारीले त्यस्तो कारबाहीको नलागेसम्म आफ्नो कार्य सम्पादन गर्न पाउनेछैन।’
गठबन्धन सरकारले प्रधानन्यायाधीश जबराविरुद्ध व्यवस्थापिका संसदमा महाभियोग दर्ता गरेको हो। महाअभियोग दर्तामा जम्मा ९८ सांसदको हस्ताक्षर रहेको छ। प्रधानन्यायाधीश जबराको निलम्बनसँगै सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपककुमार कार्की कायममुकायम भएका छन्।











