अर्थमन्त्रीको एउटा अभिव्यक्तिले दुई दिनमै ५० अंकले बढ्यो शेयर बजार
काठमाडौं, असोज १ : अर्थमन्त्री डा. युवराज खतिवडाले दिएको एउटा अभिव्यक्तिका कारण शेयर बजारमा दुई दिनमै ५० अंकको सुधार आएको छ।
अर्थमन्त्र....

काठमाडौं, असोज १ : अर्थमन्त्री डा. युवराज खतिवडाले दिएको एउटा अभिव्यक्तिका कारण शेयर बजारमा दुई दिनमै ५० अंकको सुधार आएको छ।
अर्थमन्त्री खतिवडाले कर्मचारी सञ्चयकोषको ५८ औँ वार्षिक साधारणसभामा शेयर बजारबारे सकारात्मक अभिव्यक्ति दिँदै दोस्रो बजारमा जान सुझाव दिएका थिए।
त्योसँगै मंगलबार र बुधबार दुई दिनमा शेयर बजारमा ४९.५९ अंकले सुधार आएको छ।
बजार लगातार ओरालो झर्न थालेपछि लगानीकर्ता संघसंस्थाहरुले अर्थमन्त्री खतिवडालाई बजारका विषयमा सकारात्मक अभिव्यक्ति दिन आग्रह गरेका थिए।
अर्थमन्त्री खतिवडाले कर्मचारी सञ्चयकोष जस्ता संस्थाहरुले दोस्रो बजारमा लगानी गरेर राम्रो नाफा आर्जन गर्न सक्ने बताएका थिए। अर्थमन्त्रीको भनाइसँगै मंगलबार २६ अंकले बजारमा सुधार आएको थियो भने बुधबार २२.६८ अंकले सुधार आएर ११७३.४२ अंकमा उक्लिएको छ।
बुधबार शेयर बजार सुधार हुँदा १२९ वटा कम्पनीको मूल्य बढेको छ भने १९ वटाको घटेको छ। १.९७ प्रतिशतले सुधार भएको बजारमा ४७ करोड ६८ लाख रुपैयाँको कारोबार भएको छ।
यसअघि लगातार ६ दिन शेयर कारोबारमा गिरावट आएको थियो।










-1754206481.jpg)
