Kathmandu Press

आफ्ना नागरिकलाई युक्रेन छाड्न इराककाे आदेश

मस्को, फागुन १ : पछिल्ला केही हप्तायता रुस र युक्रेनका बीचमा तनाव बढ्दै गएपछि इराकले पनि आफ्ना नागरिकलाई युक्रेन छोड्न आदेश दिएको छ।इराकले...
आफ्ना नागरिकलाई युक्रेन छाड्न इराककाे आदेश

मस्को, फागुन १ : पछिल्ला केही हप्तायता रुस र युक्रेनका बीचमा तनाव बढ्दै गएपछि इराकले पनि आफ्ना नागरिकलाई युक्रेन छोड्न आदेश दिएको छ।

इराकले आफ्ना नागरिकलाई युक्रेन छोड्न शनिबार आदेश दिएको छ। त्यस्तै त्यहाँ रहेका आफ्ना कूटनीतिक क्षेत्रका कर्मचारीहरुलाई पनि वार्षिक विदा लिएर घर फर्किन आदेश दिएको छ।

इराकको विदेश मन्त्रालयले शनिबार एक विज्ञप्ति प्रकाशन गरेर यो कुराको जानकारी गराएको हो। इराकका अधिकारीहरुले पछिल्लो समयमा युक्रेनको सीमा क्षेत्रमा रुसले आफ्ना ठूलो संख्याका सेना तैनाथ गरेर आक्रमणको तयारी गरेको जनाएको छ।

यसअघि रुसले युक्रेनमाथि हमला गर्न लागेको भन्दै अमेरिका, बेलायत लगायतका पश्चिमी देशहरुले पनि आफ्ना दूताबास बन्द गरेर कर्मचारीलाई स्वदेश फर्काएका छन्।

तर युक्रेनमा रुसले आक्रमण गर्ने भन्ने समाचारको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने खण्डन गरेका छन्। उनले बाहिर हल्ला आएजस्तो रुसले युक्रेनमा हमला गर्ने भन्ने समाचार सत्य नरहेको बताएका छन्।

प्रकाशित मिति: ११:५५ बजे, आइतबार, फागुन १, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्