Kathmandu Press

प्रधानन्यायाधीश राणाविरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता, ९८ सांसदको हस्ताक्षर

 संसद सचिवलायमा ९८ सांसदको हस्ताक्षरसहित प्रधानन्यायाधीश विरुद्ध महाभियोग दर्ता गरिएको एक मन्त्रीले काठमाण्डौं प्रेसलाई जानकारी दिएका छन् ।
प्रधानन्यायाधीश राणाविरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता, ९८ सांसदको हस्ताक्षर

काठमाडौं, फागुन १ : प्रधान्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग दर्ता भएको छ। गठवन्धनन सरकारले प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाविरुद्ध व्यवस्थापिका संसदमा महाभियोग दर्ता गरेको हो।  

संसद सचिवलायमा ९८ सांसदको हस्ताक्षरसहित प्रधानन्यायाधीश विरुद्ध महाभियोग दर्ता गरिएको एक मन्त्रीले काठमाण्डौं प्रेसलाई जानकारी दिएका छन् । ‘प्रधानन्यायाधीशविरुद्ध संसदमा महाभियोग दर्ता भएको छ,’ ति मन्त्रीले भने, ‘सरकार प्रधानन्यायाधीशबाट अब न्यायपालिका स्वभाविक गतिमा चल्दैन भन्ने निश्कर्षमा पुगिसकेको अबस्था हो ।’ 

स्रोतका अनुसार राणा न्यायपालिकाको नेतृत्व गर्न असक्षम रहेको र संवैधानिक जिम्मेवारीबाट च्युत भएको आरोपसहित महाभियोग प्रस्ताव दर्ता गरिएको हो। प्रस्ताव दर्ता भएलगत्तै राणा निलम्वन भएका छन् । 

राणाका कारण स्वतन्त्र न्यायपालिका र न्यायिक प्रक्रियामाथि गंभिर आघात पुगेको निश्कर्षमा गठवन्धन सरकार पुगेको छ । राणाको राजिनामा माग गर्दै नेपाल बारएशोसिएसनले तीन महिनादेखि आन्दोलन गरिरहेको छ ।   
 

प्रकाशित मिति: ११:३१ बजे, आइतबार, फागुन १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्