बारले आजदेखि प्रधानन्यायाधीशविरुद्धको आन्दोलनलाई निरन्तरता दिने
काठमाडौं, फागुन १ : नेपाल बार एशोशियसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको आन्दोलनलाई आजदेखि पुनः निरन्तरता दिने भएको छ। प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै लामो...
काठमाडौं, फागुन १ : नेपाल बार एशोशियसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको आन्दोलनलाई आजदेखि पुनः निरन्तरता दिने भएको छ। प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै लामो समयदेखि आन्दोलनरत बारले आजबाट पुन आन्दोलनलाई निरन्तरता दिन लागेको हो।
कोभिड महामारीको कारण देखाउँदै पछिल्लो समयमा ‘भर्चुअल’ माध्यमबाट आन्दोलन गर्दै आएको बारले आइतबारबाट भौतिक रुपमा नै उपस्थित भएर पुनः आन्दोलन गर्ने थालेको हो।
गत माघ २८ गते बसेको बार एशोसियसनको निर्णय अनुसार आन्दोलनको नयाँ कार्यक्रम र मिति र स्वरुप तय गरिएको हो। बारका अनुसार बिहान ११ बजेदेखि १२ बजेसम्म भौतिक रुपमा आन्दोलन जारी रहनेछ।
प्रधानन्यायाधीश जबराले पदीय मर्यादाविपरित सरकारमा भाग खोजेको सार्वजनिक भएपछि उनको राजीनामा माग गर्दै बारमा आवद्ध कानून व्यवसायीहरु आन्दोलित भएका थिए ।
प्रकाशित मिति: ११:०० बजे, आइतबार, फागुन १, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











