Kathmandu Press

सर्वोच्च अदालतमा आजदेखि सबै प्रकारका सेवा सञ्चालन 

काठमाडौं, फागुन १ : सर्वोच्च अदालतले आजदेखि सबै प्रकारका सेवा सञ्चालन गर्ने भएको छ। बिहीबार बसेको पूर्ण बैठक (फुलकोर्ट)ले आगामी फागुन १ गतेदेखि सबै प्रकारका...
सर्वोच्च अदालतमा आजदेखि सबै प्रकारका सेवा सञ्चालन 

काठमाडौं, फागुन १ : सर्वोच्च अदालतले आजदेखि सबै प्रकारका सेवा सञ्चालन गर्ने भएको छ। 

बिहीबार बसेको पूर्ण बैठक (फुलकोर्ट)ले आगामी फागुन १ गतेदेखि सबै प्रकारका सेवा सञ्चालन गर्ने निर्णय गरेको थियो।  यसअघि यही माघ ४ गते बसेको पूर्ण बैठकले माघ ५ गतेदेखि कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि आफ्नो सेवा कटौती गर्ने निर्णय गरेको थियो।

सो अवधिमा बन्दीप्रत्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धित, अत्यन्त जरूरी प्रकृतिका जीवन र जनस्वास्थ्य तथा सार्वजनिक महत्वका मौलिक हकसँग सम्बन्धित रिट निवेदनको मात्र नियमित रूपमा सुनुवाइ भएको थियो । 

उक्त अवधिमा मुद्दा फिर्ता, तामेली एवम् मिलापत्रसम्बन्धी कामकारबाही नियमित रुपमा सञ्चालन हुने, मुलुकी फौजदारी कार्यविधिअनुसार थुनुवा रहेका व्यक्तिको निवेदन तथा प्रतिवेदनउपर सुनुवाइ भएका थिए । 

अब आइतबार (आज)देखि सबै प्रकारका सेवा सञ्चालन हुनेछन्। 

प्रकाशित मिति: ०९:५९ बजे, आइतबार, फागुन १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्