Kathmandu Press

आजदेखि १८ वर्षमाथि सबैलाई बुस्टर डोज

काठमाडौं, फागुन १ : सरकारले आजदेखि १८ वर्षभन्दा माथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको बुस्टर डोज दिने भएको छ।दोस्रो डोज खोप लगाएर ६ महिना...
आजदेखि १८ वर्षमाथि सबैलाई बुस्टर डोज

काठमाडौं, फागुन १ : सरकारले आजदेखि १८ वर्षभन्दा माथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको बुस्टर डोज दिने भएको छ।

दोस्रो डोज खोप लगाएर ६ महिना पूरा भएका सबैले आजदेखि बुस्टर डोज लिन पाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बुस्टर डोजको रूपमा उपलब्धताका आधारमा कोभिसिल्ड, एस्ट्राजेनेका, मोडर्ना वा फाइजर खोप दिने निर्णय भएको छ।

यसअघि सरकारले अग्रपंक्तिमा खटिएका व्यक्ति र दीर्घरोगीलाई बुस्टर डोज दिएको थियो। अब सबैलाई बुस्टर डोज दिने व्यवस्था गरिएको स्वास्थ्यमन्त्री विरोध खतिवडाले जानकारी दिए।

कोभिड–१९ संक्रमण भएका व्यक्तिहरूले भने संक्रमणमुक्त भएको एक महिनापछि बुस्टर डोज खोप लिन मन्त्रालयले अनुरोध गरेको छ।

अहिलेसम्म लक्षित जनसंख्याको ८९.८ प्रतिशतले पहिलो डोज र ७४.८ प्रतिशतले दोस्रो डोज लगाइसकेका छन्। त्यस्तै, ७ लाख १३ हजार ९०७ जनलो बुस्टर डोज पनि लगाइसकेका छन्।

 

प्रकाशित मिति: ०८:०५ बजे, आइतबार, फागुन १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्