Kathmandu Press

आईपिएलकाे मेगा अक्सनमा लागेन सन्दीपमाथि बाेली

आईपिएलमा सन्दीपले आफ्नो बेस प्राइस ४० लाख रुपैयाँ राखेका थिए । यसअघि सन्दीपले लागतार तीन सिजन दिल्ली क्यापिटल्सबाट आईपिएल खेलेका थिए।
आईपिएलकाे मेगा अक्सनमा लागेन सन्दीपमाथि बाेली

काठमाडाैं, माघ २९ : आइपिएलका जारी मेगा अक्सनमा नेपाली राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछाने माथि कुनै टिमले बोली लगाएनन् । आईपिएलमा सन्दीप नबिकेको यो लगातार दोस्रो पटक हो।

आईपिएलमा सन्दीपले आफ्नो बेस प्राइस ४० लाख रुपैयाँ राखेका थिए । यसअघि सन्दीपले लागतार तीन सिजन दिल्ली क्यापिटल्सबाट आईपिएल खेलेका थिए।

मेगा अक्सनको पहिलो दिन नबिके पनि दोस्रो (आइतबार) पनि सन्दीपमाथि बोली लाग्ने सम्भावना भने बाँकी नै छ। पलिलो दिन नबिकेका र बाँकी रहेका खेलाडीका लागि आइतबार पनि अक्सन हुनेछ।

शनिबार बैंग्लोरमा भएको अक्सनमा विकेटकिपर ब्याट्सम्यान इशान किशन सर्वाधिक महँगा खेलाडी बनेका छन् । उनलाई मुम्बई इन्डियन्सले १५ करोड ५० लाख रुपैयाँमा किनेको छ । यस्तै, चेन्नई सुपरकिंग्सले दीपक चहरका लागि १४ करोड खर्चिदा कोलकाताले श्रेयस ऐयरलाका लागि १२ करोड ५० लाख रुपैयाँ खर्चियो।

सन्दीपसँगै अस्ट्रेलियाका एडम जम्पा, स्टिभ स्मिथ, दक्षिण अफ्रिकाका डेभिड मिलर, बंगलादेशका सकिब अल हसन, अफगानिस्तानका मुजिब उर रहमानमा पनि कुनै टिमले चासो दिएनन्।

प्रकाशित मिति: २२:०३ बजे, शनिबार, माघ २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्