Kathmandu Press

उत्तरपूर्वी चीनमा भएको बस विस्फोटमा एकको मृत्यु, ४२ घाइते

उत्तरपूर्वी चीनमा भएको बस विस्फोटमा एकको मृत्यु, ४२ घाइते

बेइजिङ, माघ २९ : उत्तरपूर्वी चीनमा शनिबार एउटा बस विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका सार्वजनिक सुरक्षा अधिकारीहरूले बताएका छन्।

अनलाइन प्रसारण दृश्यमा सडक छेउको गाडीको झ्याल टुक्रा–टुक्रा भएको देखाइएको छ भने भग्नावशेषहरू चारैतिर छरिएका राज्य सञ्चालित प्रसारक सिटिभीले बताएको छ।  

लियोनिङ प्रान्तको शेनयाङ शहरमा भएको विस्फोटबाट एक जनाको मृत्यु भएको र अन्य दुई जना गम्भीर घाइते भएका स्थानीय सार्वजनिक सुरक्षा अधिकारीको भनाइ छ।
 
शेन्याङ अधिकारीका अनुसार अन्य ४० जना सामान्य घाइते भएका छन्।

सामाजिक सञ्जालमा प्रसारित अर्को भिडियो क्लिपमा विस्फोटनको कारण मानिसहरू बस नजिकै सडक छेउ बसिरहेका देखिएका छन्। विस्फोटनको कारणबारे जाँच भइरहेको छ।

प्रकाशित मिति: २१:०४ बजे, शनिबार, माघ २९, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्