Kathmandu Press

माछा मार्ने क्रममा करेन्ट लागेर बराइलीको मृत्यु

झापा, माघ २९ : मेचीनगर नगरपालिका–१३ स्थित फुलबासा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा आज एक व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही...
माछा मार्ने क्रममा करेन्ट लागेर बराइलीको मृत्यु

झापा, माघ २९ : मेचीनगर नगरपालिका–१३ स्थित फुलबासा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा आज एक व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही वडाका सुगम टोल निवासी ५० वर्षीय मानबहादुर बराइली रहेको मेचीनगर–१३ का वडाध्यक्ष कृष्णराज सिग्देलले बताए।

खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा आज साँझा करेन्ट लागेर उनको निधन भएको हो। सो घटनाबारे इलाका प्रहरी कार्यालय धुलाबारीलाई जानकारी गराइसकिएको उनले बताए।

प्रकाशित मिति: २०:५६ बजे, शनिबार, माघ २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्