Kathmandu Press

अरुण नदीको बेलिब्रिज भाँचिदा तीन ट्रक खस्याे

काठमाडाैं, माघ २९ : संखुवासभाको मकालु गाउँपालिका–५ काे नुम र १ वालुङ जोड्ने बेलिब्रिज भाँचिएको छ। शनिबार दिउँसो निर्माण सामग्री बाकेको लोवेट तार्ने...
अरुण नदीको बेलिब्रिज भाँचिदा तीन ट्रक खस्याे

काठमाडाैं, माघ २९ : संखुवासभाको मकालु गाउँपालिका–५ काे नुम र १ वालुङ जोड्ने बेलिब्रिज भाँचिएको छ। शनिबार दिउँसो निर्माण सामग्री बाकेको लोवेट तार्ने क्रममा बेलिब्रिज भाँचिएको हाे।

पुल भाँचिएपछि निर्माणाधीन इप्सुवा हाइड्रो पावर कम्पनीको निर्माण सामाग्री बाेकेकाे तीन वटा लोवेट ट्रक अरुण नदीमा खसेको छ। ट्रक नदीमा खसेपनि चालक र सहचालक सकुलनै रहेका छन।  

पुलकाे क्षमताभन्दा बढी सामाग्री बाेकेर तीनवटा ट्रक एकैपटक पुल तर्ने क्रममा भाँचिएकाे मकालु गाउँपालिका-५ का कार्यपालिकाले जनाएकाे छ।

२०७५ सालमा इप्सुवा हाइड्रोपावरले अरुण नदीमा निर्माण सामाग्री लैजान बेलिब्रिज निर्माण गरेको हो।

प्रकाशित मिति: २०:४९ बजे, शनिबार, माघ २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्