Kathmandu Press

'कम्युनिस्टहरू जतिबेला पनि मिल्न सक्छन्'

काठमाडाैं, माघ २९ : नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले काँग्रेसको जिल्ला अधिवेशनले स्थानीय तहको निर्वाचनलाई प्रभाव पार्न नहुने बताएका छन।पूर्व सांसद स्वर्गीय...
'कम्युनिस्टहरू जतिबेला पनि मिल्न सक्छन्'

काठमाडाैं, माघ २९ : नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले काँग्रेसको जिल्ला अधिवेशनले स्थानीय तहको निर्वाचनलाई प्रभाव पार्न नहुने बताएका छन।

पूर्व सांसद स्वर्गीय एकनाथ रानाभाटको प्रथम स्मृति सभामा सहभागी हुन शनिबार चितवन पुगेका महतले स्थानीय तहको निर्वाचन आउन लागेकाे बताउँदै कम्युनिस्ट पार्टी जुनसुकै बेला मिल्न सक्ने भएकाले निर्वाचनमा पार्टीलाई जिताउन सतर्क भएर बस्न आग्रह गरे।

पार्टीको लक्ष्य प्राप्तिको लागि निर्वाचन जित्नै पर्ने भन्दै उनले एक ढिक्का भएर निर्वाचनमा केन्द्रित हुन आग्रह गरे। ‘कम्युनिस्टहरू जतिसुकै झगडा गरे पनि तुरुन्तै मिलेर भोट हाल्न सक्छन्’, उनले भने, ‘यसतर्फ कांग्रेस सतर्क हुनुपर्छ।’

कांग्रेस चितवनको जिल्ला अधिवेशन १३ फागुनमा हुने भएकाे छ।

फरक प्रसंगमा बोल्दै उनले एमसीसी सम्झौताको पक्षमा सबै दलहरूको समर्थन रहे पनि केही अमुक मान्छेहरूले गलत प्रचार गरिरहेको आरोप लगाए। पूर्व परराष्ट्र मन्त्रीसमेत रहेका महतले एमसीसी सम्झौता संसदबाट पास भए नेपालमा अमेरिकी सेना आउँछ भन्ने गलत कुरा भएको बताए।

‘एमसीसीका बारेमा अहिले भएको विरोध नियोजित हो’, उनले भने, ‘एमसीसीलाई राजनीतिकरण गर्न खोजियो।’ सरकारले ल्याएका प्रस्ताव संसद‍्मा टेबुल गराउनु सभामुखको दायित्व रहेको भन्दै उनले सरकारले ल्याएको प्रस्तावमा सभामुखले म यो संसद‍्मा पेस गर्छु, यो गर्दिनँ भन्न नमिल्ने बताए।

प्रकाशित मिति: २०:२८ बजे, शनिबार, माघ २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्