Kathmandu Press

१३ जिल्लामा पाँचसय भन्दा कम संक्रमित, मनाङमा शून्य संक्रमित 

काठमाडौ, माघ २९ : नेपालमा ५००  भन्दा बढी सङ्क्रमण भएको जिल्ला १३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, धनुषा,...
१३ जिल्लामा पाँचसय भन्दा कम संक्रमित, मनाङमा शून्य संक्रमित 

काठमाडौ, माघ २९ : नेपालमा ५००  भन्दा बढी सङ्क्रमण भएको जिल्ला १३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ सय भन्दा कम संक्रमित भएका जिल्लाहरूमा मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, काभ्रे, कास्की,बाके, रुपन्देही, र कैलाली रहेका छन् । 

यस्तै २०० भन्दा बढी सङ्क्रमित भएका १२ जिल्ला रहेका छन् । ति जिल्लामा सिराहा, सप्तरी, पर्सा, बारा, महोत्तरी, सर्लाही, धादिङ, नवलपरासी पूर्व, तनहुँ, पाल्पा,  दाङ र  र कन्चनपुर रहेका छन् । 

शून्य सङ्क्रमित भएको एक मात्र जिल्ला मनाङ रहेको छ । 

नेपालमा सङ्क्रमण दर १८.२ प्रतिशत रहेको छ । हाल होम आइसोलेसनमा २५ हजार १४१ ,संस्थागत आइसोलेसनमा १६१ , आइसियुमा २०० र भेन्टिलेटरमा ३४ जनाको उपचार हुँदैछ । 

विगत २४ घण्टामा आज दुई लाख ८८ हजार ८३७ जनाले खोप लगाएका छन् । यस्तै कोरोना भाइरस विरुद्धको बुस्टर डोज सात लाख १३ हजार  ९०५ मात्रा लगाइएको छ ।  

प्रकाशित मिति: १७:३६ बजे, शनिबार, माघ २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्