Kathmandu Press

आफ्ना नागरिकलाई युक्रेनबाट बाहिरिन अष्ट्रेलियाको आग्रह

क्यानबेरा, माघ २९ : अष्ट्रेलियाले युक्रेनमा रहेका आफ्ना नागरिकलाई त्यहाँबाट बाहिरिन आग्रह गरेको छ ।अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले युक्रेनमाथी रुसले हमला गर्ने खतरा देखिएकाले...
आफ्ना नागरिकलाई युक्रेनबाट बाहिरिन अष्ट्रेलियाको आग्रह

क्यानबेरा, माघ २९ : अष्ट्रेलियाले युक्रेनमा रहेका आफ्ना नागरिकलाई त्यहाँबाट बाहिरिन आग्रह गरेको छ ।

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले युक्रेनमाथी रुसले हमला गर्ने खतरा देखिएकाले युक्रेनबाट बाहिरिन आफ्ना नागरिकलाई अनुरोध गरेका हुन्।
    
रुसले युक्रेनसँगको सिमा क्षेत्रमा रहस्यमय तरिकाले हजारौँ सुरक्षाकर्मी तैनाथ गराएकाले रुसले युक्रेनमा आक्रमण गर्ने तयारी गरेको धेरैको दावी छ।

‘युक्रेन र रुसको सीमा क्षेत्रको अवस्था हेर्दा र विभिन्न चर्चा सुन्दा युक्रेनमा बसिरहनु अहिले सुरक्षाको दृष्टीकोणले अत्यन्त खतरा छ, त्यसैले हाम्रा सबै नागरिकलाई युक्रेनबाट बाहिरिन अनुरोध गर्दछौँ,” प्रधानमन्त्री मोरिसनले भनेका छन्।

उनले युक्रेनमा अशान्ति नहोस भन्ने आफुले चाहेको भएपनि द्वन्द्वको अवस्था सृजना हुने खतरा देखिएको उल्लेख गरेका छन्।

युक्रेनमा अहिले सुरक्षाको सुनिश्चितता नरहेको र जुनसुकै बेला जे पनि हुन सक्ने भएकाले त्यहाँ बसिरहनु उपयुक्त नहुने मोरिसनको भनाइ छ।   

प्रकाशित मिति: १५:४९ बजे, शनिबार, माघ २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्