नेपाल युएईसँग २५ रनले पराजित
युएईविरुद्ध विशाल लक्ष्य पछ्याएको नेपालले सुरुआत भने उत्कृष्ट गरेको थियो । आसिफ सेख र ज्ञानेन्द्र मल्लले पावर प्लेमा ५३ रन जोड्दै नेपाललाई राम्रो सुरुआत दिलाएका थिए । त्यसपछि पनि आसिफ र दीपेन्द्र ऐरीले नेपालको इनिङ उकासेका थिए।
काठमाडौं, माघ २९ : टि–२० विश्वकपको ग्लोबल छनोटका तयारीका आयोजना गरिएको चारदेशीय टि–२० सिरिजको दोस्रो नेपालले युएईसँग २५ रनले पराजित भएको छ। पहिला ब्याटिङ गर्दै युएईले दिएको १९३ रनेका विशाल लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ५ विकेको क्षतिमा १६७ रन मात्र बनाउन सक्यो ।
युएईविरुद्ध विशाल लक्ष्य पछ्याएको नेपालले सुरुआत भने उत्कृष्ट गरेको थियो । आसिफ सेख र ज्ञानेन्द्र मल्लले पावर प्लेमा ५३ रन जोड्दै नेपाललाई राम्रो सुरुआत दिलाएका थिए । त्यसपछि पनि आसिफ र दीपेन्द्र ऐरीले नेपालको इनिङ उकासेका थिए।
तर, दशौं ओभरको चौथो बलमा रोहन मुस्तफाले आफ्नै बलमा आसिफलाई उत्कृष्ट क्याच आउट गरेपछि नेपालको इनिङ सुस्त भएको थियो । त्यसपछि भने नेपाल खेलमा पछि परेको थियो ।
नेपालका लागि दीपेन्द्रले सर्वाधिक ४१ रन बनाए। उनले ३३ बलमा ५ चौका प्रहार गरे। यस्तै, आसिफ सेखले २९ बलमा ३४ रन बनाउँदा राष्ट्रिय टिममा डेब्यू गरेका लोकेश बमले ३३ रन बनाए । अन्तिम ओभरमा लागतार २ छक्का प्रहार गरेका लोकेशले २१ बल खेल्दै समान २ चौका र २ छक्का प्रहार गरे।
यस्तै, पूर्वकप्तान ज्ञानेन्द्र मल्लले १९ बलमा २२ रन बनाउँदा आरिफ सेखले १२ बलमा ११ र शरद भेषावकरले ८ बलमा १० रन बनाए।
टस जितेर नेपालले फिल्डिङ रोजेपछि पहिला ब्याटिङ गरेको युएईले ओमानस्थित अल अमेरात क्रिकेटमा मैदानमा जारी खेलमा युएईले निर्धारित ओभरमा ३ विकेट गुमाउँदै १९२ रन बनायो।
उसका लागि ओपनर चिराग सुरीले उत्कृष्ट ब्याटिङ गरे। नटआउट रहेका उनले ५३ बलमा समान ५ चोका र छक्का प्रहार गर्दै ८४ रन बनाए ।
यस्तै, रोहन मुस्तफाले ३५ बलमा ४९ रन बनाउँदा मोहम्द वासिमले २२ रन बनाए । यस्तै बासिल हमिदले १७ र मोहम्मद बोटाले १४ रन बनाए ।
नेपालका साहब आलम, सन्दीप लामिछाने र आरिफ सेखले समान १ विकेट लिए । विकेट लिए पनि साहब निकै महँगो सावित भए । उनले २ ओभरमा ३५ रन खचिए । यस्तै, कलमसिंह ऐरीले ४ ओभरमा ४५ रन खर्चिँदा विवेक यालवले १ ओभरमा २० रन खर्चिए ।
यसअघि नेपालले पहिलो खेलमा ओमानमाथि ६ विकेटको जित निकलोको थियो। चारदेशीय सिरिजअन्तर्गत नेपालले आफ्नो अन्तिम खेल सोमबार आयरल्यान्डसँग खेल्ने छ। आजै आयरल्यान्ड र आयोजक ओमानबीचको खेल पनि हुने छ।











