Kathmandu Press

क्यानडाका प्रधानमन्त्री ट्रुडोद्वारा प्रदर्शनकारीहरूलाई घर जान आग्रह

क्यानडा, माघ २९ : क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले शुक्रबार सबै प्रदर्शनकारीहरूलाई घर जान आग्रह गर्दै, ‘सबै कुरा वार्ताको टेबलमा छ’ भनेका छन्। ‘यो गैरकानूनी गतिविधि...
क्यानडाका प्रधानमन्त्री ट्रुडोद्वारा प्रदर्शनकारीहरूलाई घर जान आग्रह

क्यानडा, माघ २९ : क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले शुक्रबार सबै प्रदर्शनकारीहरूलाई घर जान आग्रह गर्दै, ‘सबै कुरा वार्ताको टेबलमा छ’ भनेका छन्। 

‘यो गैरकानूनी गतिविधि समाप्त हुनुपर्छ, र यो अन्त्य हुनेछ,’ ट्रूडोले भने। ‘हामी आशा गर्छौं कि यी मानिसहरूले घर जाने निर्णय गर्नेछन्। अन्यथा, त्यहाँ सुरक्षा व्यवस्था थप कडा पारिनेछ। 

ओटावा, विन्डसर र अन्य ठाउँमा भएको नाकाबन्दीका पछाडि प्रदर्शनकारीहरू विरुद्ध कारबाही गर्ने प्रहरी र सबै तहका सरकारको तयारी भइरहेको ट्रुडोले बताएका छन्। 

संघीय, प्रान्तीय र नगरपालिकाका अधिकारीहरू हालैका दिनहरूमा स्पष्ट छन्ः नाकाबन्दी र काफिलेका गतिविधिहरूप्रति। ती ‘अवैध’ र ‘गैरकानूनी’  गतिविधि अन्त्य हुनुपर्छ,’ उनले थपे।

उनले भने,‘संघीय सरकारले अर्थतन्त्रलाई बन्धक बनाउने र राष्ट्रको राजधानीमा जीवनलाई ठप्प पार्ने कार्यकर्ताहरूलाई अब सहने छैन। 

प्रकाशित मिति: १५:११ बजे, शनिबार, माघ २९, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्