एमसीसीबारे प्रचण्डले फट्ट्याइँ कुरा गरे : पोखरेल
काठमाडौं, माघ २९ : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसीका बारेमा फट्ट्याइँ कुरा गरेको बताएका छन्। शनिबार काठमाडौं...
काठमाडौं, माघ २९ : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसीका बारेमा फट्ट्याइँ कुरा गरेको बताएका छन्।
शनिबार काठमाडौं महानगरपालिका–४ मा निर्माण गरिएको धुम्बाराही पार्कको उद्घाटन गर्दै उनले प्रचण्डले एमसीसीबारे विदेशीसँग एउटा कुरा, कार्यकर्तासँग अर्को कुरा र जनतासँग बेग्लै कुरा गरेर फट्याईं गरिरहेको आरोप लगाएका हुन्।
उनले यस्ता व्यक्तिहरुलाई जनताले समयमै चिन्नुपर्ने पनि बताएका छन्। झिल्केमिल्के कुरा गरेर भ्रम सिर्जना गर्नेले मुलुकलाई संकटको दिशातर्फ धकेल्ने उनको भनाई थियो। पोखरेलले राजनीतिक पार्टीका नेताहरुले देश र जनताको हित विपरीत हुने यस्ता खालका गतिविधिले समाजमा झनै विकृति बढनेतर्फ पनि सचेत गराए।
प्रकाशित मिति: १२:४९ बजे, शनिबार, माघ २९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











