बालुवाटारमा देउवा, प्रचण्ड र नेपालबीच छलफल सुरु
प्रधानमन्त्री निवास बालुवाटारमा १२ बजेपछि तीन शीर्ष नेताहरु छलफलमा बसेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिएका छन्।.jpg)
काठमाडौं, माघ २९ : सत्तारुढ गठबन्धन दलका तीन शीर्ष नेताहरुबीचको छलफल सुरु भएको छ।
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुृर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकिकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच छलफल सुरु भएको हो।
प्रधानमन्त्री निवास बालुवाटारमा १२ बजेपछि तीन शीर्ष नेताहरु छलफलमा बसेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिएका छन्।
बैठकमा समसामयिक राजनीतिक अवस्था, स्थानीय निर्वाचन र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी)बारे छलफल हुनेछ। विशेषगरी एमसीसीका बारेमा गठबन्धनभित्र साझा धारणा बनाउनका लागि शीर्ष नेताहरु पटकपटक बैठक बस्दै आइरहेको छ।
प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसीलाई जस्ताको तस्तै संसदबाट पास गर्ने पक्षमा छन् भने प्रचण्ड र माधवकुमार नेपाल भने परिमार्जित गरेर मात्र अगाडि बढाउनुपर्ने पक्षमा छन्।











