Kathmandu Press

तीन जिल्लाका प्रहरी प्रमुख फेरिए, चितवनमा नवराज अधिकारी 

काठमाडौं, माघ २९ : नेपाल प्रहरीको तीन जना प्रहरी उपरीक्षक ( एसपी) को काज सरुवा गरिएको छ। प्रहरी प्रधान कार्यालयले तीन जिल्लाको कमाण्ड परिवर्तन...
तीन जिल्लाका प्रहरी प्रमुख फेरिए, चितवनमा नवराज अधिकारी 

काठमाडौं, माघ २९ : नेपाल प्रहरीको तीन जना प्रहरी उपरीक्षक ( एसपी) को काज सरुवा गरिएको छ। प्रहरी प्रधान कार्यालयले तीन जिल्लाको कमाण्ड परिवर्तन गरेको हो। 

प्रहरी प्रधान कार्यालयका अनुसार चितवन जिल्लामा नवराज अधिकारीलाई काज खटाइएको छ। चितवनका एसपी ओम अधिकारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिएको छ।

यस्तै, महोत्तरीमा प्रहरी उपरीक्षकमा कृष्ण पंगेनीको सरुवा भएको छ। त्यहाँ कार्यरत् दिनेश आचार्यको महानगरीय अपराध महाशाखामा सरुवा भएको छ।
 
यस्तै, बर्दिया जिल्लामा अख्तियारमा कार्यरत् वीरेन्द्रबहादुर शाहीको सरुवा भएको छ। बर्दियाका एसपी ईश्वर कार्कीको कार्य विभागमा सरुवा भएको छ।

साधारणतया, एक वर्ष कार्यसम्पादन गरिसकेपछि जिल्ला प्रहरी प्रमुखहरूको सरुवा हुने गरेको छ।

प्रकाशित मिति: ११:४३ बजे, शनिबार, माघ २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्