झापाको मगमग चाउचाउ उद्योगमा आगलागी
दमक, माघ २९ : झापाको मेचीनगर–१४ दुहागढीस्थित मगमग चाउचाउ उद्योगमा आज बिहान आगलागी भएको छ।जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार मनसा फुडद्वारा उत्पादित मगमग....jpg)
दमक, माघ २९ : झापाको मेचीनगर–१४ दुहागढीस्थित मगमग चाउचाउ उद्योगमा आज बिहान आगलागी भएको छ।
जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार मनसा फुडद्वारा उत्पादित मगमग चाउचाउ उद्योगमा आगलागी भएको हो। आज बिहान ५ बजेदेखि आगलागी सुरु भएको प्रहरीले जनाएको छ।
अहिले पनि आगो नियन्त्रणमा आएको छैन। भद्रपुर, बिर्तामोडलगायत स्थानीय तहबाट दमकल लगेर आगो निभाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले बताए।
प्रकाशित मिति: ०७:५३ बजे, शनिबार, माघ २९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











