Kathmandu Press

कस्तो छ आगामी तीन दिन देशभरको मौसम?

काठमाडौं, माघ २९ : जल तथा मौसम विज्ञान विभागले मौसमी बुलेटिन जारी गर्दै आगामी तीन दिनको मौसमबारे जानकारी दिएको छ।विभागका अनुसार देशभर पश्चिमी...
कस्तो छ आगामी तीन दिन देशभरको मौसम?

काठमाडौं, माघ २९ : जल तथा मौसम विज्ञान विभागले मौसमी बुलेटिन जारी गर्दै आगामी तीन दिनको मौसमबारे जानकारी दिएको छ।

विभागका अनुसार देशभर पश्चिमी वायुको प्रभाव सामान्य रहेको छ। अहिले देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भूभाग सामान्यतय सफा रहेको छ।

आज देशभर आंशिक बदलदेखि मौसम सामान्य सफा रहनेछ। राति पनि पानी पर्ने सम्भावना नभएको विभागले जनाएको छ।

त्यस्तै, आइतबार पनि देशभरको मौसम सफा रहनेछ। आइतबार राति आंशिक बदलीको सम्भावना रहेको भए पनि पानी नपर्ने विभागको अनुमान छ।

सोमबार पनि मौसममा खासै फेरबदल नआउने भएको छ। दिउसो र राति मौसम सफा रहने विभागले जनाएको छ।

प्रकाशित मिति: ०७:४३ बजे, शनिबार, माघ २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्