गण्डकी प्रदेशमा गाडी भाडा बढ्यो
पोखरा, माघ २९ : गण्डकी प्रदेश सरकारले प्रदेशभित्र चल्ने सार्वजनिक सवारी साधनको भाडा बढाएको छ।प्रदेश राजपत्रमा सूचना प्रकाशित गर्दै गाडी भाडा बढेको जनाएको...
पोखरा, माघ २९ : गण्डकी प्रदेश सरकारले प्रदेशभित्र चल्ने सार्वजनिक सवारी साधनको भाडा बढाएको छ।
प्रदेश राजपत्रमा सूचना प्रकाशित गर्दै गाडी भाडा बढेको जनाएको छ। फागुन १ गतेदेखि लागू हुने गरी नयाँ भाडादर निर्धारण गरिएको प्रदेशको भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ।
गण्डकी प्रदेशभित्र एक जिल्लाबाट अर्को जिल्ला गुड्ने बसमा प्रतिकिलोमिटर २ रुपैयाँ १० पैसा भाडा तोकिएको छ। त्यस्तै, जीपमा प्रतिकिलोमिटर साढे ५ रुपैयाँ, ट्रकमा सामान ओसार्न प्रतिकिलोमिटर प्रतिटन ११ रुपैयाँ ७२ पैसा निर्धारण गरिएको छ।
यससँगै सिटी बसमा पहिलो तीन किलोमिटरभित्र २० रुपैयाँ र तीन किलोमिटरपछि प्रतिकिलोमिटर साढे २ रुपैयाँ भाडादर कायम गरिएको छ।

प्रकाशित मिति: ०७:०४ बजे, शनिबार, माघ २९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











