Kathmandu Press

संयुक्त राष्ट्रसंघद्वारा अफगानिस्तानमा खटाएका दुई विदेशी पत्रकार काबुलमा पक्राउ

काबुल, माघ २८ : संयुक्त राष्ट्र संघीय शरणार्थी एजेन्सीको कार्यभारमा रहेका दुई अन्तर्राष्ट्रिय पत्रकारलाई अफगानिस्तानको राजधानीमा पक्राउ गरिएको युएनएचसीआरले शुक्रबार जनाएको छ।यूएनएचसीआर र...
संयुक्त राष्ट्रसंघद्वारा अफगानिस्तानमा खटाएका दुई विदेशी पत्रकार काबुलमा पक्राउ

काबुल, माघ २८ : संयुक्त राष्ट्र संघीय शरणार्थी एजेन्सीको कार्यभारमा रहेका दुई अन्तर्राष्ट्रिय पत्रकारलाई अफगानिस्तानको राजधानीमा पक्राउ गरिएको युएनएचसीआरले शुक्रबार जनाएको छ।

यूएनएचसीआर र उनीहरूसँग काम गरिरहेका अफगान नागरिकहरूसँग काम गरिरहेका दुई पत्रकारलाई काबुलमा थुनिएको हो।

'हामी अरुसँग समन्वय गरेर परिस्थितिको समाधानका लागि प्रयास गरिरहेका छौं,' यूएनएचसीआरले ट्वीटमार्फत् उनीहरूको रिहाईका लागि गरेको प्रयासबारे बताएको छ।

Hardik ivf

ती पत्रकारमध्ये एक बेलायती पूर्व बीबीसी संवाददाता एन्ड्रु नर्थ हुन। उनले करिब दुई दशकदेखि बीबीसीका लागि अफगानिस्तानबारे समाचार लेख्दै आएका थिए। युद्धग्रस्त अफगानिस्तानमा उनी निरन्तर यात्रा समस्याको समाचारमार्फत् उजागर गर्दै आएका थिए।

'एन्ड्रुले अफगानिस्तानका जनतालाई मानवीय सहयोग पुर्‍याउने कार्यमा युएनएचसीआरका लागि काम गर्दै काबुलमा रहनुभएको थियो,' उनकी पत्नी नतालिया एन्टेलाभाले ट्वीटमा उल्लेख गरेका छन।

'हामी उनको सुरक्षाको लागि अत्यन्तै चिन्तित छौं र प्रभाव भएका जोसुकैलाई पनि उहाँको सुरक्षित रिहाई गर्न पहल थाल्न आह्वान गर्दछौं।'

यसमा तालिवान अधिकारीहरूको कुनै पनि सम्लग्नताबारे तालिवान सरकारका प्रवक्ता मुजाहिदले अस्वीकार गरेका छन।

तालिबान सरकारका प्रवक्ता जाबिहुल्लाह मुजाहिदले अधिकारीहरूले यस मामिलामा छानबिन गरिरहेको बताएका छन।

मुजाहिदले भने, 'हामीले यसबारे जानकारी प्राप्त गरेका छौं र उनीहरूलाई थुनामा राखिएको छ कि छैन पक्का गर्ने प्रयास गरिरहेका छौं।'

तालिबानको अफगानिस्तानको सत्तामा बहिर्गमनपछि उनीहरूले महिला विरोध प्रदर्शनलाई बलपूर्वक दबाउने गरेको, आलोचकहरूलाई पक्राउ गर्ने दुरूत्साहन गर्ने र धेरै पत्रकारहरूलाई सजायँ दिँनेजस्ता उपायमार्फत् मतभेदलाई दमन गरेका छन्।

दुई जना अफगान पत्रकारलाई रिहा हुनुभन्दा केही दिनअघि यस महिनाको केही दिन हिरासतमा राखिएको थियो।

तालिबान विरोधी प्रदर्शनहरूमा भाग लिएपछि गत महिनादेखि चार जना महिला प्रदर्शनकारी हराइरहेका छन्।

प्रकाशित मिति: २०:३२ बजे, शुक्रबार, माघ २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्