Kathmandu Press

रूसमा दैनिक दुई लाख बढी सङ्क्रमित

रूस, माघ २८ : रुसमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या दुई लाखभन्दा बढी पुगेको छ।सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा दुई...
रूसमा दैनिक दुई लाख बढी सङ्क्रमित

रूस, माघ २८ : रुसमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या दुई लाखभन्दा बढी पुगेको छ।

सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा दुई लाख तीन हजार ९४९ जना सङ्क्रमित भएका हुन्।

Hardik ivf

'एकै दिनमा यती धेरै सङ्क्रमित भएको यो पहिलो पटक हो,' स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा लेखिएको छ।

यससँगै रुसमा कोरोनाभाइरसबाट अहिलेसम्म सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या एक करोड ३७ लाख ३१ हजार ७९४ पुगेको छ।

त्यसैगरी कोरोनाभाइरसका कारण अहिलेसम्म देशभरी तीन लाख ३८ हजार ८१३ जनाको मृत्यु भएको छ। ती मध्ये ७२२ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको हो।

सरकारी अधिकारीका अनुसार कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि अहिलेसम्म सङ्क्रमणमुक्त भइसकेकाहरुको सङ्ख्या एक करोड १० लाख २१ हजार ६३३ रहेको छ।

ती मध्ये एक लाख १२ हजार २३६ जना पछिल्लो एक दिनमा सङ्क्रमणमुक्त भएका हुन्।

एउटै अवधिमा नयाँ सङ्क्रमित भएकाहरु भन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या झण्डै आधा कम रहेकोले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या दिन प्रति दिन बढीरहेको छ।

प्रकाशित मिति: २०:२७ बजे, शुक्रबार, माघ २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्