नेकपा (मसाल) का नेता योगेन्द्र ढकाल र अजिता जिसी एमालेमा प्रवेश
काठमाडाैं, माघ २८ : मोहनविक्रम सिंह नेतृत्वको नेकपा (मसाल) का नेता योगेन्द्र ढकाल र अजिता जिसी एमालेमा प्रवेश गरेका छन्।एमाले पार्टी कार्यालय थापाथलीमा...
काठमाडाैं, माघ २८ : मोहनविक्रम सिंह नेतृत्वको नेकपा (मसाल) का नेता योगेन्द्र ढकाल र अजिता जिसी एमालेमा प्रवेश गरेका छन्।
एमाले पार्टी कार्यालय थापाथलीमा आज (शुक्रबार) अध्यक्ष केपी ओलीले उनीहरूलाई पार्टीमा स्वागत गरे। कार्यक्रममा एमाले अध्यक्ष ओलीले बिभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिलाई जोगाउन सके परिवर्तनहरु दिगो हुने बताए।
अहिले कम्युनिष्ट आन्दोलनको समस्या अराजनीतिक स्वार्थ प्रबृति नै भएको उनको भनाइ थियो। ओलीले चूनावसँग डराउनेले गठबन्धनको कुरा गरेको र कांग्रेसको हात समातेको तर्क गरे।
पार्टी प्रवेश कार्यक्रममा एमाले महासचिव शंकर पोखरेल, एमाले प्युठान जिल्ला इन्चार्ज सूर्य थापालगायतले उनीहरूलाई स्वागत गरेका थिए।
प्रकाशित मिति: १८:२६ बजे, शुक्रबार, माघ २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











