कांग्रेसले १६ जिल्लाको अधिवेशन फागुन १३ गते गर्ने
काठमाडौं, माघ २८ : नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन फागुन १३ गते गर्ने भएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिको आज (शुक्रबार) बसेको बैठकले उक्त निर्णय...
काठमाडौं, माघ २८ : नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन फागुन १३ गते गर्ने भएको छ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिको आज (शुक्रबार) बसेको बैठकले उक्त निर्णय गरेको हो। यसअघि माघ १५ गतेका लागि तोकिएको भए पनि अधिवेशन स्थगित भएको थियो।
कांग्रेसको अन्य सबै जिल्लामा अधिवेशन सम्पन्न भइसक्दा पनि सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछाम गरी १६ जिल्लामा अधिवेशन गर्न बाँकी छ।
प्रकाशित मिति: १८:१२ बजे, शुक्रबार, माघ २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











