सुदूरपश्चिममा थप ४७ सङ्क्रमित
सुदूरपश्चिम, माघ २८ : सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप ४७ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ। यस अवधिमा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट एक...
सुदूरपश्चिम, माघ २८ : सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप ४७ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ। यस अवधिमा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट एक हजार ३५ को नमूना परीक्षण गर्दा ४७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
पीसीआरमार्फत १९ र एन्टीजेनमार्फत २८ मा पुष्टि भएको हो। प्रदेशभर ८८ सङ्क्रमणमुक्त भएका छन्। यसअघि बिहीबार यस प्रदेशमा ६२ मा सङ्क्रमण पुष्टि हुँदा १४९ सङ्क्रमणुक्त भएका थिए। सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६२७ को ज्यान गइसकेको छ।
प्रकाशित मिति: १८:११ बजे, शुक्रबार, माघ २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)